शुक्रबार, चैत्र १६, २०८०

बैंकको एटिएम लुटेर चीन फर्किने योजनामा नेपाल आएका ५ जना चाइनीज ह्याकर पक्राउ

काठमाडौं भाद्र १५ , नेपाल प्रहरीले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ जना चाइनीज नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार १३ गते साँझ नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीका अनुसार उनीहरु बैंकका ग्राहकको खाताबाट अवैध रुपमा करोडौं रकम निकाल्ने नियोजित योजना मुताविक नेपाल प्रवेश गरेको जनाएको छ ।

नेपाल प्रहरीले आज आयोजित पत्रकार सम्मलेनमा महानगरीय प्रहरी प्रवक्ता उत्तम राज सुवेदीले दिएको जानकारी अनुसार ति चाइनीज ह्याकरले अनुसन्धानको क्रममा अवैधरुपमा ‘दरबारमार्गस्थित नबिल बैंक, ठमेलको हिमालयन बैंक र प्रभु बैंकको एटिएमबाट रकम झिकिएको भेटिएको जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेको उनिहरुको साथबाट १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत बरामद भएको जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।