शनिबार, बैशाख ८, २०८१

बिजुक्छेको अध्यक्षतामा नेमकिपाको नयाँ केन्द्रीय समिति निर्वाचित

narayan-man

भक्तपुर असोज ६ आज साँझ सम्पन्न नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनले नारायणमान बिजुक्छे रोहितको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

नव निर्वाचित कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काप्mले, नवराज कोइराला, जग्यबहादुर शाही सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर र मलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सुरेन्द्रराज गोसाई, सिर्जना सायजु, सरोजकुमार साह संगै कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक सदस्य रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष बिजुक्छेले आजै शपथ लिदै निर्वाचित सदस्यहरूलाई समेत शपथग्रहण गराउनुभएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।