बिहिबार, बैशाख १३, २०८१

बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी चिनियाँ कम्पनीलाई

काठमाडौ असोज ६,   प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको लगानी बोर्डको आजको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ ।

बैठकले चक्रपथ परियोजनाको लागि आव्हान गरेअनुरुपको मापदण्ड र मूल्याङ्कनका आधारमा प्रस्ताव प्रस्तुत कम्पनीले प्रस्तुत गरेको जनाउँदै यस्तो निर्णय भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै प्राप्त समाचारमा बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको उल्लेख छ । साथै प्रस्तुत निर्णय संगै वोर्डले यी दुवै परियोजनाका लागि ती कम्पनीलाइ ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेश गर्न भनेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।