बिहिबार, चैत्र १५, २०८०

बालबालिकाविरुद्ध हुने सबै प्रकारका शोषण र दुव्र्यवहार किमार्थ अस्वीकार्य :उपप्रम पोखरेल

काठमाडौ भाद्र २९, ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम सहित बाल दिवस मनाइँदैछ ।

यसै क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा वोल्दै उपप्रधानमन्त्री इश्वर पोखरेलले बालश्रम निवारणका लागि सरकारले गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिदै नेपाल सरकार सबै बालबालिकाका लागि शिक्षा र स्वास्थ्य सुविधा पाउने कानूनी व्यवस्थालाई प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताउँदै बालबालिकाविरुद्ध हुने सबै प्रकारका शोषण र दुव्र्यवहार किमार्थ अस्वीकार्य रहेको बताउँनु भएका छ ।

त्यस्तै उहाँले त्यसअवसरमा नेपालमा बालबालिकालागि सरकारले निःशुल्क शिक्षाको अवधारणा कार्यान्वयन गर्ने अभियाननै सञ्चालन गर्दा पनि कतिपय परिवारका बालबालिका विद्यालय भर्ना हुन नसकेको र गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेकामा चिन्ता प्रकट गर्नुभएको छ ।

साथै उहाँले बालबालिकाविरुद्ध हुने सबै प्रकारका शोषण र दुव्र्यवहारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गर्दै आएको जनाउ दिदै बालबालिकाका सम्बन्धमा भएका सन्धि र अभिसन्धिको कार्यान्वयनमा सरकार पूर्ण प्रतिवद्ध रहेको बताउँनु भएको छ ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संवैधानिक कानूनी तथा नीतिगत व्यवस्थाले बालअधिकार सुनिश्चितता गरेको बताउँदै अभिभाकव विहिन वालवालिकाको संरक्षणको व्यवस्था गर्नेतर्फ सरकार संवेदनशील भएर लागेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।