बिहिबार, बैशाख १३, २०८१

बसले मोटरसाइकलाई ठक्कर दिँदा गोरखाका सम्मान भट्टको मृत्यु

काठमाडौ असोज १, राजधानीको बनस्थलीस्थित अन्नपूर्ण चोकमा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालक २० वर्षीय सम्मान भट्टको मृत्यु भएको छ ।

मंगलबार साँझ बा ३ ख १८३३ नम्बरको यात्रुवाहक बसले बा ९८ प २७१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गोरखाका २० वर्षीय सम्मान भट्टको मृत्यु भएको हो ।

बसका चालक खडानन्द अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको र सवारी ज्यान मुद्दामा कारबाही चलाइएको महानगरीय प्रहरी वृत स्वयम्भुले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।