शनिबार, बैशाख ८, २०८१

बचत कर्ताको लाखौ रुपैया झ्वाम पार्दै मर्यादा सहकारीका सञ्चालक वेपत्ता

काठमाडौं भाद्र २०,  देशका विभिन्न भागमा बग्रेल्ती खुलेका सहकारी संस्थाहरुले बचत कर्ताको निक्षेप स्वाहा पार्दै फरार हुने घटनाले दिनानुदिन बढ्दो रहेको पाइन्छ ।  यसैक्रममा निक्षेप कर्तालाइ छोटो समयमा आकर्षक व्याजको प्रलोभन देखाउँदै करौडौको निक्षेप संकलन गरि पछिल्लो समय राजधानीको बागबजारस्थित मर्यादा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु फरार भएको समाचार प्राप्त भएको छ ।

सहकारी पिडित भनिएका उत्तम मानन्धर मार्फत प्राप्त जानकारी अनुसार २०६९ देखि सञ्चालमा रहेको यस मर्यादा बचत तथा ऋण सहकारीका अध्यक्ष चेतनमान कंशाकार नेतृत्वको टिमले सहकारीका बचत कर्ताको लाखौ रुपैया हजम पार्दै परार रहेको र निजहरु विरुद्ध कानुनीका कारवाहीका लागि सहकारी नियमक कार्यालय लगायत प्रहरीमा समेत उजुरी दर्ता हुँदा समेत कुनै सुनवाइ नभएको गुनासो गरेका छन ।

राजधानीमै केन्द्रित रहेको सहकारीको समेत नियमक निकायले राम्रो सुपरीवेक्षण गर्न नसक्दा हुने यस किसिमको घटनाले असख्य रुपमा सहकारी बचतकर्ताहरु प्रताडित हुँदै आइरहेका छन । यस सम्बन्धमा हामीले सहकारीका अध्यक्ष भनिएका कंशाकारलाइ सम्पर्क गर्दा उहाँले आफुहरु फरार नभएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।