शुक्रबार, बैशाख १४, २०८१

फिफा वरियतामा नेपालको क्रमाङ्क १६१औँ स्थानमा

काठमाडौ असोज २, विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको वरियताक्रममा नेपालले  आफ्नो स्थितीमा  पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो ।

त्यस्तै सार्वजनिक सूचीमा वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा र इङ्ग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौँ, उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएसिया आठौँ, कोलम्बिया ९औं र अर्जेन्टिना १०औं स्थानमा रहेको उल्लेख गरिएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।