शुक्रबार, बैशाख १४, २०८१

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौ भाद्र २९,  आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण काङ्ग्रेसको जागरण अभियान’ कार्यक्रम चल्दै गर्दा गत भाद्र२६ गते नेकपाका कार्यकर्ताले काङ्ग्रेस जिल्ला सभापति किरण कोइरालालाई आक्रमण गरी हात भाँचिदिएको भन्दै काङ्ग्रेस सांसदहरुले उठेर विरोध जनाएसंगै सभामुख कृष्ण बहादुर महराले भाद्र ३० गते सोमवार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगन गर्नुभएको छ ।

आजको पहिलो बैठकमा गृहमन्त्री रामबहादुर थापाले दिनुभएको जवाफ चित्त नबुझेपछि काङ्ग्रेस सांसदहरुले आआफ्नो आसनबाट उठेर विरोध जनाउन हुरु गरेपछि भएको थियो । सभामुख महराले १० मिनेटका लागि भन्दै स्थगन गर्नुभएको बैठक दुई घण्टापछि शुरु भएपनि बैठक स्थगन गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।