बिहिबार, बैशाख ६, २०८१

पूर्व प्र.म. स्व :कोइरालाले संविधान निर्माणमा पु-याउनुभएको योगदान अतुलनीय: राष्ट्रपति

गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदकबाट पूर्व प्रम स्व :कोइराला लाई

काठमाडौ असोज ३,  वर्ष २०७६ को गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक पूर्वप्रधानमन्त्री स्व कोइरालालाई मरणोपरान्त प्रदान गर्नुहुदै राष्ट्रपति भण्डारीले स्व.कोइराला सरल, सहज, सादगी र पारदर्शी नेता भएको बताउँनु भएको छ । त्यस्तै उहाँले पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाले संविधान निर्माणमा पु-याउनुभएको योगदान अतुलनीय रहेको धारण व्यक्त संविधान निर्माणमा स्व कोइरालाको सहमति, सहकार्य र एकताको भावना स्मरणीय रहेको उल्लेख बताउँनु भएको छ ।  स्व.कोइरालाको नेतृत्वमा रहेको सरकारले २०७२ असोज ३ गते मुलुकले नेपालको संविधान पाएको हो ।

त्यस्तै कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको मर्म अनुरुप कार्य सम्पादन गर्नु भन्दा पनि बलमिच्याइ सहित संविभानले निर्देशित गरेभन्दा विपरितका कानुन बनाउँन खोज्नु जस्ता दम्भ शैलीको कार्यलाइ प्राथमिकता दिदै आएको आरोप लगाउनुभयो ।

कर्यक्रममा संविधानसभाका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले मुलुकको संविधान जनआन्दोलनको जगमा तयार भएकै कारण  संविधानमा लेखिएको कतिपय दफागत व्यवस्था वाहेकका केहि विषय जनताको इच्छा र चाहना अनुरूप संविधान परिवर्तन गर्न तर्कसंगत हुने बताउँदै संविधान सशोधननै हुँदैन भन्नु तर्कसंगत विषय नभएको जनाउ दिनु भएको छ ।

नेपाली काङ्ग्रेसका नेता तथा संविधान मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा सरकार कमजोर देखिएको बताउँद े प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थालाई बेवास्ता गरी सरकार एकलौटी ढङ्गले अघि बड्न खोन्जु यसको उदाहरण भएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं सांसद भीमसेनदास प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा पूर्वप्रधानमन्त्री स्व. कोइरालाले अनुकरणीय योगदान पु-याउनुभएकाले उहाँलाई यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक मरणोपरान्त प्रदान गरिएका जानकारी दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।