बिहिबार, चैत्र १५, २०८०

पूर्वकुमारी, श्रीगणेश र भैरवलाइ मासिक श्रीपद भत्ता वितरण

काठमाडौं भाद्र १५, काठमाडौं महानगरपालिकाकाले आज राजधानीमा आयोजित एक कार्यक्रमकावीच ९ जना पूर्व कुमारी र पूर्व श्रीगणेश र श्री भैरवहरुलाइ श्रीपद भत्ता वितरण गरेको छ ।

यस्तो छ पूर्वकुमारी, पूर्वभैरव र पूर्वगणेशलाई दिदै आएको मासिक श्रीपदभत्ताको वृद्धि अनुदान :

बहालवाला श्री कुमारीको श्रीपदभत्ता मासिक ५० हजार ।
बहालवाला श्री कुमारीको चिताइदार मासिक ५० हजार ।
पूर्वकुमारी मासिक १५ हजार चिताइदार मासिक १५ हजार ।
पूर्वगणेश मासिक १२ हजार ।
पूर्वभैरव मासिक १२ हजार।

महानगर प्रमसख विद्यासुन्दर शाक्यले पूर्व श्री कुमारीहरु क्रमस नानीशोभा शाक्य, हर्षलक्ष्मी शाक्य, नानमैया शाक्य, सुनिता शाक्य, अनिता शाक्य, रश्मिला शाक्य, अमिता शाक्य, प्रिति शाक्य र मनिता शाक्यलाई एकमुष्ट बार्षिक जनही नगद १५ हजारका दरले १६ लाख २० हजार त्यस्तै गरि श्रीगणेश र श्री भैरवहरु क्रमस पूर्व श्रीगणेश र श्रीभैरवहरु क्रमस गणेश शाक्य, पुरुषोतम शाक्य, कन्हैया शाक्य, सञ्जु शाक्य, प्रनवराज शाक्य, कपिलरत्न शाक्य, इन्द्रबहादुर शाक्य, शुभरत्न शाक्य, दिपक शाक्य, बाल पुरुषोतम शाक्य, श्याम शाक्य, भैरव शाक्य र राजु शाक्यलाई जनही मासिक भत्ता १२ हजारको दरले १३ जनालाई बार्षिक एकमुष्ठ १८ लाख ७२ हजार वितरण गर्नु भएको हो ।

यस अघिसम्म पूर्व भैरव र गणेशले ८/८ हजार र पूर्व कुमारी र चिताइदारले १०/१० हजार प्राप्त गर्दै आएका थिए । त्यसैगरी जिवित कुमारी र चिताइदारले २५/२५ हजार प्राप्त गर्दै आएका थिए । अब उनीहरुले ५०/५० हजार प्राप्त गर्नेछन् । पूर्व कुमारी ९, पूर्व गणेश ६ र पूर्वभैरव ७ जना रहेका छन् ।

त्यसैगरी कार्यक्रममा महानगरपालिकाले इन्द्रजात्रा व्यवस्थापन समितिलाई २०७५ सालको रकम अनुदान रकम १३ लाख ९३ हजार सात सय रुपैयाँको चेक हस्तान्तरण गर्दै वर्ष २०७६ देखि करीब २४ लाख   सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

श्रीपद भत्ता वितरण कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरु कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, प्रदेश सभाका सांसदहरु डा.अजयक्रान्ति शाक्य, राजेश शाक्य, बसन्त मानन्धरको अलावा काठमाडौं महानगपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।