बिहिबार, चैत्र १५, २०८०

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष आचार्यलाइ पितृशोक

काठमाडौं भाद्र २३, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र पत्रकार कृष्ण आचार्यलाई पितृशोक परेको छ । उहाँहरुका पूज्य पिता यामप्रसाद शर्माको ६८ वर्षको उमेरमा आज विहान ३ः०० बजे काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन भएको हो । महासंघका महासचिव रमेश  विष्टले आज जारी गर्नु भएको शोक विज्ञप्तिमा स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकको यस घडीमा पितृशोकमा पर्नुभएका महासंघका अध्यक्ष आचार्यसहित शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गरेको छ ।

त्यस्तै महासंघ उपत्यका प्रदेश समितका महासचिव श्रीजन झाले पनि विज्ञप्ति जारी गर्दै पितृशोकमा पर्नुभएका महासंघका अध्यक्ष आचार्यसहित शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गरेको छ ।

त्यस्तै प्रेस काउन्सिल नेपालले काउन्सिलका सदस्य तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यका बुबा यामप्रसाद शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । काउन्सिलको आज बसेको बोर्ड बैठकले उहाँका बुबाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्दै मृतआत्माप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको जारी विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

लामो समयदेखि बिरामी रहनुभएका शर्माको ६८ वर्षको उमेरमा आज बिहान ३ः०० बजे काठमाडौँको कीर्तिपुरस्थित निवासमा निधन भएको हो । स्वर्गीय शर्माको पार्थिव शरीरको आज बिहान ७ः०० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।