शनिबार, बैशाख ८, २०८१

न्यायाधीश पौडेलका सवारीचालक यादव रू १ लाख दश हजार घुस रकम सहित पक्राउ

काठमाडौं भाद्र २६, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास टोलीले जिल्ला अदालत सिराहाका न्यायाधीश नरनारायण पौडेलका सवारीचालक बृज मोहन यादवलाइ पक्राउ गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा अदालतमा विचाराधिन लागुऔषध सम्बन्धी मुद्दा मिलाईदिन्छु भनि सेवाग्राहीसँग रू १ लाख दश हजार घुस लिने निज यादवलाइ सिराहा नगरपालिका वडा नं ७ हस्पिटल चोक स्थित खडग होटलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।