शुक्रबार, चैत्र १६, २०८०

नेपालको कृषि, शिक्षा, स्वास्थ्यको क्षेत्रमा इजरायलले गर्दै आएको सहयोग महत्वपूर्ण : उपप्रम यादव

काठमाडौ भाद्र ३०,  इजरायलको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित  विविध कार्यक्रमको समापनसत्रलाइ सम्बोधन गर्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपाल र इजरायलबीच सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएदेखि अत्यन्त सुमधुर सम्बन्ध कायम हुँदै आएको बताउनुभएको छ । त्यस्तै उहाँले नेपालको कृषि, शिक्षा, स्वास्थ्यको क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगको आफैमा तारिफयोग्य भएको बताउँदै इजरायलको थोपा सिंचाईको प्रयोग, उत्पादन  बढाउन प्रयोग गरिने आधुनिक प्रबिधि तथा अनुकरणीय भएको मन्त्री यादवको भनाइ रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत वेनी ओमेरले   कृषिमा गरेको उन्नतिबाट नेपालले लाभ लिनसक्ने बताउँदै आधुनिक कृषि प्रणालीको लागि नेपालले आवश्यकता महसुस गरेको अवस्थामा तालीम केन्द्र निर्माणको लागि सहयोग गर्न तत्पर रहेको बताउँदै   नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट सेवादिने चिकित्सकलाई धन्यवाद दिंदै आगामी दिनमापनि नेपालका्े स्वास्थ्य क्षेत्रमा यस्तो विशिष्ट प्रकारको सेवा र सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

त्यस्तै उहाँले आधुनिक कृषि प्रविधिको ज्ञान लिनकै लागि हरेक वर्ष नेपाली किसान इजरायल जाने गरेको इजरायलमा सिकेको ज्ञानलाइ नेपालमा व्यवहारमा उर्तार्दै गरेको देख्दा खुसी लाग्ने गरेको बताउँनु भएको छ । कार्यक्रम गेटग्लोवल एकेडेमीअफ टुरिजम एण्ड हस्पिटालिटीद्वारा संयुक्त रुपमाआयोजना गरिएको थियो ।

यसैवीच आइतवार इजरायलको ७१औँ स्वतन्त्रता दिवसकै अवसरमा इजरायली दुतावासले धुलिखेल अस्पतालमा  धुलिखेल अस्पतालमा इजरायलस्थित तेल अभिभ स्वार्रस्के मेडिकल सेन्टरका चिकित्सक टोलीले मातृ स्वास्थ्य एवं प्रसूति तथा शिशु स्वास्थ्य केन्द्रीत एकदिने  सिकाइ प्रशिक्षण कार्यक्रम समेतको आयोजना गरेको दुतावासले जनाएको छ ।

त्यसअवसरमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जीवन रक्षा सम्बन्धी नविनतम प्रविधिबारे जानकारी गराउंदै बालरोग एवम् प्रसुतीतथा स्त्री रोग सम्बन्धी विभिन्नअत्याधुनिक ईजरायली उपकरणहरु समेत उपलब्ध गराउदै सो उपकरणको प्रयोग मार्फत् प्रभावकारी उपचार, विरामीको स्वास्थ्यमा सुधार र आमा/बच्चाको जीवन रक्षा गर्न थप मद्दत पुग्ने अपेक्षा  इजरायली स्त्री रोग र बाल रोग विशेषज्ञको टोलीले  गरिएको जनाएको छ । कार्यक्रममा कुटनितिक निकायका तथा अन्य विशिष्ट व्यक्तित्वसंगै सञ्चारकर्मी समेतको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।