बिहिबार, बैशाख १३, २०८१

नेता साउदले भने- मुलुकको समृद्धिका लागि बिपीको आर्दश अवलम्वन गर्न आवश्यक

काठमाडौं भाद्र २४, नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाको   १०६ औ जन्म जयन्तीको अवसर पारेर आज त्रिभुवन बिश्वबिद्धालय परिसरमा ३ सय रुख रोपण गरिएको छ ।  नेपाल विद्यार्थी संघको आयोजनामा भएको भएको उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउदले वीपीको बाटोमा हिडेमात्रै मुलुक समृद्ध र सुखी नेपाली हुने बताउँनु भएको छ ।  त्यस्तै उहाँले वीपी कोइरालाको जन्म जयन्ती मनाउँदै गर्दा काँग्रेसका वर्तमान पुस्ताले वीपीको मार्गदर्शन अबलम्वन गर्ने संकल्प गर्नुपर्ने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले बि पी  कोइरालाको आर्दश काँग्रेसको निष्ठा भएको बताउँदै नाम मात्र नभइ उहाँको आदर्शलाइ समेत व्यवाहरमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा अखिल पाचौका अध्यक्ष घनश्याम मिश्र,अखिल नेपाल बिधार्थी यूनियनका अध्यक्ष प्रबिन मिश्र,अखिल बैधका महासचिब पेशल दहाल,अखिल ( गोपाल किराती) महासचिब सुन्दर रायमाझी,समाजबादी बिधार्थी यूनियनका उपाध्यक्ष विवेक ओली नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन यादव, सह महामन्त्री प्रेम राज जोशी, त्रिभुवन बिश्वबिद्धालयका नेपाल विद्यार्थी संघा पुर्व अध्यक्ष शंकर पौडेल, नेपाल आधीवाशी जनजाती विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पा लगायत नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।