शनिबार, बैशाख ८, २०८१

नानीचाःया जात्रा सङगैं सकियो इन्द्रजात्रा

फाइल फोटो

राष्ट्रपतिद्वारा कुमारीबाट टीका ग्रहण

काठमाडौ भाद्र ३१,  राष्ट्रपति विद्यादेवी भण्डारीले श्री कुमारीबाट टीका ग्रहण गर्नुभएको छ ।  इन्द्रजात्रा पर्वको समापनको अवसरमा मनाइएको नानिच: या रथजात्रा अन्र्तगत आज साँझ श्री कुमारी, गणेश र भैरवसहितको रथयात्रा गरिएको थियो ।

रथयात्रा प्याफल, नरदेवी, किलागल, भेडासिंह, इन्द्रचोक हुँदै पुनः कुमारी घर पुगेसंगै राष्ट्राध्यक्षले कुमारीको हातबाट टीकाग्रहण गर्ने परम्परा अनुरुप राष्ट्रपति भण्डारीलाई टीका लगाइदिनु भएको हो ।

(फाइल फोटो)

राष्ट्रपति भण्डारीले शुरुमा कुमारीबाट टीका प्रसाद ग्रहणगरेपछि गणेश र भैरवबाट समेत टीका ग्रहण गर्नुभएको थियो । त्यस्तै भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको इन्द्रध्वजा अर्थात लिङ्गो बुधबार बिहान साढे ५ बजे ढालिने सम्वद्ध गुठियारले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।