बुधबार, बैशाख १२, २०८१

दैनिक उपभोग्यका वस्तुमा कृतिम बजार भाउ वृद्धि गर्नेलाइ कडा कारवाही : मन्त्री यादव

साल्ट ट्रेडिङ्ग कपोरेशनको ५७ औं वाषिर्कउत्सव :  कर्पोरेशनले निकट भविष्यमानै तेल उत्पादन गर्ने कर्पोरेशनका कार्यकारी अधिकृत श्रेष्ठको जनाउ

काठमाडौं भाद्र २७,  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चाडपर्वका मौका छोपी काला बजारीया सलबलाउँने तर्फ मन्त्रालय सचेत रहेको बताउँदै दैनिक उपभोग्यका वस्तुमा मूल्यवृद्धि गरेमा कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

साल्ट ट्रेडिङ्ग कपोरेशनको ५७ औं वाषिर्कउत्सवको अवसरमा आयोजित कार्यक्रममा वोल्दै मन्त्री यादवले यस्तो चेतावनी दिनु भएको हो । त्यस्तै उहाँले सरकार बजारलाई व्यवस्थित बनाउँदै लैजाने तर्फ क्रियाशील भएको बताउँदै चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गराउन खोज्नेलाइ कारवाही गर्न कुनै कसर बाँकी नराख्ने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र सहसचिव नवराज ढकालले नुनको बिक्री वितरण कार्य निजी क्षेत्रलाई दिने मन्त्रालयले नीतिगत निर्णय नगरेको जनाउ दिदै कर्पोरेशनले नयाँ क्षेत्रमा थप लगानी गर्न आग्रह गर्नु भएको छ ।

त्यस्तै गरि कार्यक्रममा कर्पोरेशनका कार्यकारी अधिकृत श्रेष्ठले खाद्यान्न आयातलाई न्यूनीकरण गर्न कर्पोरेशनले प्राथमिकता दिएको बताउँदै उहााले सरकारको नीति र नियमभित्र रही दैनिक उपभोग्य वस्तुका अतिरिक्त रासायनिक मलको सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको जानकारी दिदै अव निकट भविष्यमानै तोरी तेल उत्पादन गर्ने तयारी रहेका जानकारी दिनु भएको छ । कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेशनको अधिकार कटौती गरी नयाँ प्रावधान अर्थ मन्त्रालयले ल्याउन खोजेको चर्चाप्रति विमति जनाउँदै यस्तो चर्चाले काम गर्ने स्पिरिडमा कमि आउँने बताउँनु भएको थियो ।

यसैवीच २०७६ को साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले ताम्रपत्रसहित रु ७५ हजार राशिाको बाल हितकारी पुरस्कार गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिलाई प्रदान गरिएको छ ।त्यस्तै हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार जीतेन्द्रकुमार साह, विमला खनाल, विष्णु केसीलाई प्रदान गरिएको छ भने ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारबाट उमेशकुमार ओझा, सुदीपसिंह रायमाझी र सञ्जय कर्माचार्यलाई सम्मानीत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।