बुधबार, बैशाख १२, २०८१

दूधको मूल्य बढेसंगै आधा लिटर १ प्याकेट दूधको मूल्य ३८ रुपैयाँ

काठमाडौ भाद्र १९,  दुग्ध विकास संस्थानले दूधको मूल्य आगामी शनिबारदेखि लागू हुने गरि प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको छ ।

किसान तथा डेरी उद्योगहरुले लागत बढेको भन्दै दूधको मूल्य बढाउन दबाब दिएको भन्दै कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले मन्त्रीस्तरीय निर्णय गर्दै दूधको मूल्य बढाउन स्वीकृति दिएसंगै संस्थानले दूधको मूल्य बढाएको हो ।

बढ्दो मुल्य अनुसार अव प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ पर्नेछ भने आधा लिटरको एक प्याकेट दूधको मूल्य ३८ रुपैयाँ पर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।