शुक्रबार, बैशाख १४, २०८१

टुरिजम समिटमा भाग लिन महानगर प्रमुख र उपप्रमुख दुवै फिनल्याण्ड भ्रमणमा

काठमाडौं भाद्र १६,  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी एकैसाथ फिनल्याण्डमा आयोजना हुने टुरिजम समिटमा भाग लिन सोमबार फिनल्याण्ड जानु भएको छ । महानगरपालिकाका प्रमुख र उपप्रमुख दुवै विदेश भ्रमणमा गएसंगै वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई महानगर प्रमुखको कार्यवाहक जिम्मेवारी दिइएको छ।

भाद्र १६ देखि १८ गतेसम्म चल्ने ३ दिने ‘स्मार्ट टुरिजम—रोड टु सिटि इनोभेसन एण्ड डिभलपमेन्ट’ बिषयक सम्मेलनमा भाग लिएर महानगर प्रमुख उपप्रमुख दुवै भाद्र २० गते नेपाल फर्कर्ने कार्यक्रम रहेको बताईएको छ ।

सम्मेलनमा भाग लिन जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा काठमाडौं संघीय नेपालको केन्द्रीय राजधानी सहर भएकोले हामी नेपाल आउने सबै पर्यटकलाई आबास र घुमफिरको क्षमता राख्छौं । त्यसका लागि केही अन्तरराष्ट्रिय ज्ञान, सीप र सिकाइ बुझ्ने अवसरलाई लाभमा रुपान्तरण गर्न म सम्मेलनमा जाँन लागेको बताउँनु भएको छ भने भ्रमण अवलोकनले बुझाइलाई फराकिलो बनाउने भएकोले, सम्मेलनमा देखेका, सुनेका र बुझेका कुराबाट काठमाडौंलाई लाभ पुग्ने भएकोले भ्रमणमा जान लागेको उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले बताइन ।
प्रमुख शाक्यले शाक्यले सम्मेलनमा ‘कल्चरल हेरिटेज एण्ड क्रिएटिभ इण्डष्ट्रि’ बिषयक प्यानल डिस्कसनमा प्यानलिष्टका रुपमा आफ्ना धारणा समेत राख्ने कार्यक्रम रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।