मङ्लबार, बैशाख ४, २०८१

जलबाष्पयुक्त हावाको प्रभाव हट्ने संभावना न्यून, वर्षा सहित मनसुनी गतिविधि अझै बढ्ने : महाशाखा

काठमाडौं असोज ९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जनाएको छ । महाशाखनले नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव हट्ने संभावना ज्यादै न्यून रहेको जनाउँदै यस्तो संभावना औल्याएको हो ।

त्यस्तै केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलबाष्पयुक्त हावा आइरहेकाले जारी मनसुन दशैँसम्म पनि सक्रिय रहने संभावन बढ्दै गएको जनाउँदै एकातर्फ मनसुन अर्को तर्फ पश्चिमी वायु सक्रीयपन समेत बढ्ने संभावना रहेसंगै चिसो बढ्ने अनुमान बढ्दै गएको जनाएको छ ।

यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गथ्र्यो तर यसवर्ष १० दिन ढिलो गरी ९जुन २०० आसर ५ मा मनसुन भित्रिएसंगै मौसमा उतारचढाव भएको बताईएको छ । त्यस्तै महाशाखाले हाल देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरेहको यो स्थिति शनिबारसम्म यथावत रहने जानाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।