शनिबार, बैशाख ८, २०८१

जनविरोधी सरकार विरुद्ध सडकदेखि सदनसम्म आन्दोलन : नेता श्रेष्ठ

काठमाडौ असोज ७ , नेपाली काँग्रेसको दोस्रो चरणको १५ राष्ट्रिय जागरण अभियानको समापनको क्रममा काठमाडौं काँग्रेसद्दारा आज राजधानीको शान्ति वाटीकामा आयोजित विरोधसभामा वोल्दै नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले दुइ तिहाइको दम्भ सहित जनताको बलिदानबाट प्राप्त संघीय संविधानको भावनालाइ लत्याउँदै गुठी विधेयक, मानव अधिकार विधेयक, आमसञ्चार विधेयक ल्याउँने जनभावना विपरितका काम गरेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले संविधानको भावना लत्याउँनु भन्दा ३३ किलो सुनकाण्ड, वाइडबडी काण्ड, बालुवाटार काण्ड, निर्मला काण्डका दोषीलाई कारवाही गर्न चुनौती दिदै जनविरोधी सरकार विरुद्ध अव काँग्रेस चुप लागेर नबस्ने सडकदेखि सदनसम्म आन्दोलन गर्ने बताउनुभएको छ ।

त्यस्तै सांसद भीमसेनदास प्रधानले जनतालाई भ्रम सिर्जना गरेर सरकारमा पुगेका कम्युनिष्टले जनताको भावना र मर्मको सम्मान गर्न नसकेको बताउँदै जन विरोधी सरकार विरुद्ध कार्यकर्तासंगै नेताहरुपनि जागृत हुन आवश्यक रहेको बताउँनु भएको छ ।

त्यसैगरि संविधानको रक्षाका लागि पनि अव काँग्रेस जागृत हुन आवश्यक रहेका बताउँदै सरकारविरुद्ध अव आन्दोलनको विक्लप नभएको धारणा अभिव्यक्त गर्नु भएको उक्त विरोध सभामा काठमाडौ काग्रेसका सभापति सबुज बानियाले संविधानको उपलब्धिलाई संस्थागत गर्न आन्दोलन गरिएको बताउनुभयो । जागरण अभियानसँगै पार्टीका नेतृत्व र कार्यकर्तावृतमा उर्जा प्रवाह भएको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।