मङ्लबार, बैशाख ११, २०८१

घुस प्रकरणमा पूर्व सभासद डोलबहादुर उर्फ डीबी कार्की जेल चलान

काठमाडौ भाद्र १९,  घुस प्रकरणमा अदालतले दोषी ठहर गरेसंगै फरार रहदै आएका तत्कालीन संविधानसभा तथा व्यवस्थापिका–संसद्को सभासद् डोलबहादुर उर्फ डीबी कार्की जेल चलान भएका छन् । प्रहरी निरीक्षकको जागीर लगाइदिने भन्दै घुस लिएको अभियोगमा अदालतले दोषी ठहर गरेसंगै फरार रहदै आएका सभासद् डीबी कार्कीलाइ ९ वर्ष पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज काठमाडौँ महानगरपालिका–१४ कलङ्की क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेसंगै आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौमा पेश गरेको र अदालतको आदेशानुसार कार्कीलाई आजै जेल चलान गरिएको हो । स्मरण रहोस :  घुस रकम सहित पक्राउ परेको सभासद कार्कीलाइ विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चार महीना कैद र बिगोबमोजिम रु एक लाख जरिवाना हुने गरि सुनाएको फैसला सदर गर्दै सर्वोच्चले छ महीना कैद र १ लाख जरिवाना हुने ठहर गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।