बुधबार, बैशाख १२, २०८१

गोलढुङ्गामा गोली चल्यो, गुण्डा नाइके साजन गुरुङ पक्राउ

काठमाडौं भाद्र २७, नेपाल प्रहरीले गर्दीमा संलग्न साजन गुरुङलाई पक्राउ गरेको छ । महाहानगरीय अपराध महाशाखाको टोलीले तारकेश्वर नगरपालिका, गोलढुङ्गा फूलबारी रेष्टुराँमा गुरुङलाई पक्रन खोज्दा प्रहरीमाथि प्रतिआक्रमण गर्दै भागेपछि नेपाल प्रहरीले गोली प्रहार गर्दै निजलाइ एक थान कटुवा पेस्तोल सहित पक्राउ गरेको जनाएको छ ।

यद्यपी प्रहरीको गोलीबाट घाइते गुरुङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ । धादिङ घर भएका गुरुङ लामो समयदेखि गुण्डागर्दीमा संलग्न हुँदै आएको प्रहरीको भनाइ रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।