बिहिबार, चैत्र १५, २०८०

कोटेश्वको सुरुङ मार्ग तथा सूर्यविनायक घुलिखेल सडक विस्तारको कार्य तत्काल शुरु गर्न माग

भक्तपुर असोज १२ / राम चन्द्र प्रजापति,   सत्तारुढ दल नेकपाका सासंद महेश बस्नेतले कोटेश्वको सुरुङ मार्ग तथा सूर्यविनायकदेखी घुलिखेलसम्मको ६ लेनको सडक विस्तारको कार्य तत्काल शुरु गर्न माग गर्नुभएको छ ।  भक्तपुर नगरपालिका भित्र बसोबास रहेका स्थानीय व्यक्तिहरुको साझा संस्था योयो युनिटीको नयाँ कार्य समितिको पदभार ग्रहण तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै सासंद बस्नेत प्रस्ततु अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै पछिल्लो समय भक्तपुर नगरपालिका क्षेत्रमा विभिन्न वहानामा हुँदै आएको विकास निर्माणको गतिरोधलाइ हटाउँन योयो युनिटीले सहकार्य समन्वय गर्नआवश्यक रहेको बताउँदै वृक्षरोपण, ट्राफिक लाईट, स्मार्ट बत्ती, स्मार्ट ट्वाइलेटलगायतका उचित व्यवस्थापन गर्दै भक्तपुरलाइ व्यवस्थित शहर बनाउँन कुनैकसर बाँकी नराख्ने उहाँको प्रतिवद्धता रहेको थियो । त्यस अवसरमा पूर्वमन्त्री समेत रहेका सासंद बस्नेतयोयो युनिटीलाई आर्थिक सहयोग गर्नुहुने सबैलाई कदर पत्र र मायाको चिनो प्रदान गर्नु भएको थियो ।

योयो युनिटीका अध्यक्ष रुपेश शिलाकारको सभापतित्वमा सम्पन्न प्रस्ततु कार्यक्रममा प्रदेश नं। ३ का सांसद शशिजङ्ग थापा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, चागुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्र ,सुर्यविनायक नगरपालिका वडा नं ८ का अध्यक्ष किरण थापा लगायतले योयो युनिटी समाज सेवाको क्षेत्रमा अब्बल बन्दै जाहोस भन्ने कामना गर्नु भएको  थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।