शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं काँग्रेस क्षेत्र न.८ मा ‘हिपतम’ राष्ट्रिय जागरणको यस्तो छ कार्यक्रम

काठमाडौ भाद्र ३०, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जननेता बिपी कोइरालाको १०६औँ जन्म जयन्तीको अवसर पारेर शुभारम्भ गरेको दोस्रो चरणको १५ दिने ‘हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान अन्र्तगत विभिन्न प्रदेशमा जागरण कार्यक्रम लक्षित कार्यक्रको आयोजना हुँदैछ ।
मुलत ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत जागरण अभियानको क्रममा काठमाडौं काँग्रेस क्षेत्र न. ८ र यस अन्र्तगत रहेका (क) र (ख ) प्रदेशमा गत भाद्र २४ मा केन्द्रीय प्रतिनिधीको उपस्थितीमा वृक्ष रोपण सहित विधिवत शुभारम्भ गरिएसंगै थप आयोजना हुने प्रादेशिक कार्यक्रमको तालिकानै सार्वजनिक गरेको क्षेत्रीय सभापति राजेश श्रेष्ठले जानकारी दिनु भएको छ ।

सार्वजनिक कार्यक्रम तालिका अनुसार प्रदेश क अन्र्तगत महिला संघ समितिको  अगुवाइमा असोज १  गते , कामपा वडा न २० को अगुवाइ असोज ३ गते त्यस्तैगरि असोज ४ गते  २३ र २४ वडा इकाइको अगुवाइमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना हुने उल्लेख गरिएको छ ।  त्यस्तै असोज ५ गते कामपा वडा न. १९ र तरणदल क्षेत्रीय समितिको  अगुवाइमा  पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना हुने जनाईएको छ ।

त्यस्तै प्रदेश ख अन्र्तगत १५ वडा इकाइको अगुवाइमा असोज २ गते ,असोज ३ र ४ गते  नागार्जुन नपा ४ र ५ वडा इकाइको अगुवाइमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना हुने बताईएको छ ।

त्यस्तै मुलुकममा लोकतान्त्रिक संविधान जारी भएको दिन असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा   क्षेत्र न .८ को अगुवाइमा क्षेत्रीय समितिको कार्यालय रहेको   कामपा वडा न. १९ यटखा बहाल परिसरमा वृहत दिपावलीको कार्यक्रम सहित औपचारिक कार्यक्रमको आयोजना गरिने क्षेत्रीय समितिले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।