बिहिबार, चैत्र १५, २०८०

काठमाडौं काँग्रेस क्षेत्र न. ८को क्षेत्रीय सभापतिमा श्रेष्ठ ,प्रदेश क र ख मा राज्यलक्ष्मी र डंगोल सिफारिस

( बाँयाबाट क्रमस राजेश श्रेष्ठ,राज्यलक्ष्मी श्रेष्ठ र देवरत्न डंगोल )

काठमाडौं भाद्र २१ , काठमाडौं काँग्रेस क्षेत्र न.८को क्षेत्रीय सभापतिको जिम्मेवारी  सचिव राजेश श्रेष्ठलाइ दिईएको छ । तत्कालीन निर्वाचित सभापति जुद्धरत्न बज्राचायर्यको निधन पछि पछिल्लो समय निमित्त सभापतिको जिम्मेवारीमा रहेका बद्री नेपालले संगठनको गरिमा अभिवृद्धि तथा संगठनलाइ चुस्त दुरुस्त बनाउँने तर्फ कुनै कार्य सम्पादन नगरि समग्रमा समितिलाइ अनिर्णयको बन्धक बनाउँनुको अलावा नेपालले निमित्तको कार्यभार सम्हालेसंगै क्षेत्र न. ८ अन्र्तगत रहेका विभिन्न वडा इकाइ समितिले नेपाललाइ दिईएको  निमित्त सभापतिको  निर्णप्रति  विमति जनाउँदै  आएको  थियो ।   ।

त्यस्तै  आज   क्षेत्रीय समितिको बैठक समेत नियमित हुन नसकेका कारण जनतामाझ पार्टीको उपस्थिती समेत हुन नसकेको अवस्थालाइ आत्मासात गर्दै विगत डेढवर्ष यता क्षेत्रीय समितिको तर्फबाट इकाइ समितिमा समेत कुनै निर्देशनात्मक उर्जा प्रवाह हुन नसकेको र केन्द्रीय समिति जिल्ला सममितिबाट भएको सकुर्लर समेत कार्यान्वयनमा उदासिनता देखाउँदै आएको अवस्थालाइ दृष्टिगत गर्दै   महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी इकाइ सभापति ,पार्टीको भातृसंगठनका प्रतिनिधी जिल्ला समितिका पदाधिकारी , सदस्य, क्षेत्रीय समितिका पदाधिकारी लगायत पार्टीको विभिन्न तह र तप्काका विभिन्न जिम्मेवारीमा रहेका व्यक्ति विशेषको भेलाले क्षेत्रीय समितिलाइ चलायमान बनाउँन् आवश्य रहको निष्कर्ष सहित निमित्त सभापतिको परिपाटी अन्त गर्दै  निर्वाचित क्षेत्रीय सचिव श्रेष्ठलाइ तत्कालका लागि  सभापतिको जिम्मेवारी  दिने  निर्णय गरेको  हो  ।

त्यस्तै भेलाले पार्टीको नयाँ विधानअनुसार क्षेत्रीय समिति अन्र्तगत  रहेको क र प्रदेश ख को संयोजका क्रमस राज्यलक्ष्मी श्रेष्ठ र देवरत्न् डंगोलालाइ जिम्मेवारी दिने सवालमा गरेको  सिफारिस  क्षेत्रीय समितिको बैठकले अनुमोदन  गरेको छ । प्रदेश संयोजकमा सिफारिस भएका राज्यलक्ष्मी र डंगोल तत्कालीन् प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट प्रदेश सभाको उम्मेदवार रहेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।