शुक्रबार, चैत्र १६, २०८०

काङ्ग्रेसको १५ दिने जागरण अभियान आजबाट समापन हुँदै

 काठमाडौ असोज ७ , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जननेता बिपी कोइरालाको १०६औँ जन्म जयन्तीको अवसर पारेर शुभारम्भ गरेको दोस्रो चरणको १५ दिने ‘हिमाल, हाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान आजबाट समापन हुँदैछ ।

३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत जागरण अभियानको समापन अन्र्तगत ७७ जिल्ला सदरमुकाममा काङ्ग्रेस जिल्ला सभापतिको नेतृत्वमा विरोध ¥यालीसहित सभा गरिने काँग्रेसले जनाएको छ ।

त्यस्तै प्रदर्शनको क्रममा मुलत बढ्दो महँगी, भ्रष्टाचार महिला हिंसा, बलात्कार र हत्या, संविधानको भावनाविपरितका विधेयक विरुद्धका मुद्दामा केन्द्रीत रहने बताईएको छ । यसै क्रममा आज अपरान्ह काठमाडौं काँग्रेसकले राजधानीको शान्तिवाटीकामा विरोधका कार्यक्रम सहित जागरणको समापन कार्यक्रम आयोजना गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।