शनिबार, बैशाख ८, २०८१

काँग्रेस केन्द्रीय समितिमा नेता राठौरको प्रश्न -नेविसंघका रिटायर नेतृत्वले तरुण दलको सदस्य हुन किन नपाउने ?

काठमाडौ भाद्र १८,  नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य किशोर सिंह राठौरले नेपाल विद्यार्थी संघबाट रिटायर भएका नेतृत्वको लागि थप उर्जाशिल बनाउँन नेपाल तरुण दलको अवधारणा कार्यान्वयनमा आएको बताउँनु भएको छ ।

मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा राठौरले नेविसंघबाट रिटायर भएका विधार्थी नेताले नेपाल तरुण दलको सदस्यता लिन खोज्दा नपाएको भन्दै त्यतातिर पार्टीको ध्यान जानुपर्ने जिकिर गरेको हो ।

त्यस्त्ै नेता राठौरले निकै मार्मिक ढंगबामा नेवि संघबाट वाहिरिएका संघका नेताले पार्टीको महाधिवेशन तथा महासमिति प्रतिनिधि संगै केन्द्रीय सदस्य हुन पाउने, तर तरुण दलको सदस्य हुन नपाउने भनेर प्रश्न गर्दै उनले यस्तो संस्था बनाएर पार्टी नबन्ने भन्दै यतातिर गम्भीर हुन पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।