बिहिबार, बैशाख १३, २०८१

कलङ्की मालपोत कार्यालयका खरिदार सुवेदीले यस कारण गरे आत्माहत्या

काठमाडौं असोज ७, कलङ्की मालपोत कार्यालयमा खरिदार ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन । एक हजार घुस लिएको अभियोगमा सुवेदीलाइ अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा राख्दै गत भाद्र ३१ गते धरौटीमा रिहा गरेको थियो ।  तर रिहा भएको एक साता मै सुनसरी इनरुवा नगरपालिका–५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बस्दै आएका सुवेदीले कटुञ्जेस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्राप्त समाचामा उल्लेख भएअनुसार कलङ्की मालपोत कार्यालयमा खरिदारका सुवेदीलाइ रु एक हजार रकम लिँदै गरेको सिसी क्यामराको दृश्य अवलोकन गरी अख्तियारले सुवेदीलाई हाजिर हुन कार्यालयमा बोलाई कार्यालयबाटै गत साउन २२ गते पक्राउ गरी थुनामा राखेको मानसिक तनावका कारण सुवेदीले आत्मा हत्या गरेको जिकिर गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।