बिहिबार, बैशाख १३, २०८१

कर्जा हिनामिना प्रकरणमा बैंक अफ काठमाडौका पूर्वसीईओ श्रेष्ठसहित ११ जना पक्राउ

काठमाडौ असोज ५, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाडौँको साढे ४ करोड कर्जा हिनामिना प्रकरणमा बैंकका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ४ जना पूर्व कर्मचारी र ३ जना वहालवाला कर्मचारीसंगै ऋणि बनेका ४ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बैंकको कमलादी शाखाबाट बैंकका पूर्व सीईओ श्रेष्ठ समेतको मिलेमतोमा विभिन्न ठाउँका जग्गालाई धितो देखाएर ४ करोड ५० लाख रुपैयाँ ऋण निकालिएको छ ।

‘पहिले डेढ करोड र पछि तीन करोड गरी उनीहरुको समूहले अहिलेसम्म बैंकबाट ४ करोड ५० लाख ऋण निकालेर अनियमितता गरेको अनुसन्धानको क्रममा खुलेको जनाउँदै निजहरुले नियतवस सर्वसाधारणको निक्षेप हिनामिना गर्ने कार्य गरेको जनाएको छ । त्यस्तै यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।