बुधबार, बैशाख १२, २०८१

ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ पुनःनिर्वाचित

काठमाडौं भाद्र २८ , नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा दोस्रो कार्यकालका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका जीवनराम श्रेष्ठ १७ मत ल्याई पुनःनिर्वाचित हुनुभएको छ । चार वर्षका लागि निर्वाचित श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गर्नुभएको थियो ।

आज अन्तरराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिको रोहवरमा अध्यक्षसहित १९ सदस्यीय पदाधिकारी छनोटका लागि सातदोबाटोस्थित कार्यालय परिसरमा बिहान निर्वाचन भएको थियो ।  निर्वाचितभएसंगै अध्यक्ष श्रेष्ठले आसन्न साउथ एशियन खेललाई सफल बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।