शुक्रबार, चैत्र १६, २०८०

एनओसीकोे निर्वाचन शनिबार ,नयाँ नेतृत्वका लागि श्रेष्ठद्दयवीच प्रतिस्प्रर्धा

महासचिवमा जीवनराम प्यानलबाट नीलेन्द्रराज श्रेष्ठ र उमेशलाल पक्षबाट पुरेन्द्रविक्रमवीच भिडन्त

काठमाडौं भाद्र २६ , नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिका लागि यही भाद्र २८ गते निर्वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा चुनाव हुने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिनुभएको छ । यसअघि भाद्र २० गतेका लागि तय गरिएकोे निर्वाचन विरुद्ध ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले निर्वाचन रोक्न माग गर्दै दायर रिटको सुनवाइ गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालतको आदेशले स्थगित भएको थियो । तर न्यायाधीशद्धय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले यही भाद्र १७ गते जारी आदेशलाइ निरन्तरता नदिएसंगै आगामी शनिवार निर्वाचन हुन लागेको हो । यसैवीच प्राप्त जानकारी अनुसार आसन्न निर्वाचनमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्षमा वहालवाला अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ त्यस्तैगरि त्यस्तै महासचिवमा जीवनराम प्यानलबाट नीलेन्द्रराज श्रेष्ठ र उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखेले उम्मेदवारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।