बुधबार, बैशाख १२, २०८१

उपनिर्वाचन प्रयोजनका लागि ९ वटा राजनीतिक दल दर्ता

काठमाडौ भाद्र ३० , आगामी मङ्सिर १४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदका लागि हुने उपनिर्वाचन प्रयोजनका लागि ९ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराइसकेको आयोगले जनाएको छ । त्यस्तै कतिपय दल दर्ताका लागि आएपनि आवश्यक कागजात नभएका कारण दर्ता हुन नसकेको जनाउँदै दर्ताका लागि राजनैतिक पार्टीहरु आउँने क्रम जारी रहेको र अन्तिम मितिसम्ममा २ दर्जन दल दर्ता हुने आयोगले आंकल गरेको छ ।

यसअघि आयोगमा दर्ता नभएका त्यस्तै यसवीचमा दुइ दल एकिकरण भई नया दलको प्रारुपमा अस्तित्वमा आएका दललाइ आआफ्नो दल आयोगमा भाद्र मसान्तभित्र आव २०७४/०७५ सम्मको वार्षिक लेखा परीक्षण प्रतिवेदन सहित दर्ता गरी उपनिर्वाचनमा भाग लिन आयोगले आग्रह गरेको हो ।

आसन्न निर्वाचनमा ३७ जिल्लाका १५४ वडा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका समेत गरी विभिन्न ५१ पदका लागि उपनिर्वाचन हुँदैछ । यसको लागि आयोगले यसअघिनै आगामी असोज १ देखि ५ गतेसम्म सम्बन्धित वडाका मतदातालाई आआफ्नो वडा कार्यालयमा मतदाता नामावलीमा रहेका त्रुटि सच्याएर नामावली अद्यावधिक (दाबी विरोध) गर्ने कार्यक्रममा सहभागी भई जिम्मेवारी पूरा गर्न आयोगले मतदातालाई आग्रह गरिसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।