बुधबार, बैशाख १२, २०८१

उपनिर्वाचनका लागि २१ नयाँ राजनीतिक दललाई चुनाव चिह्न प्रदान, कुन दलको चिह्न के ?

काठमाडौं असोज ९ , निर्वाचन आयोगको आज बसेको बैठकले आगामी मङ्सिर १४ गते सम्पन्न हुने प्रतिनिधिसभा , प्रदेशसभा र स्थानीय तहका सदस्यको लागि हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ ।

आयोगको आजको बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनमा भाग लिने राजनीतिक दलको दल दर्ता गरी निर्वाचन चिह्न प्रदान गर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा आयोगमा दर्ता कायम भएका, २०७४ को निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन गरेका र २०७४ को निर्वाचनपछि आयोगमा दर्ता भएका २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको  जनाएको छ ।

आयोगले आज वितरण गरेको निर्वाचन चिह्न क्रमसूचीम क्रमस ग्रिन पार्टी नेपाललाई त्रिशूल,नेपाल लोकतान्त्रिक पार्टीले दुईहात जोडेको नमस्कार,राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)लाई साँढेगोरु, सत्तारुढदल नेकपालाई सूर्य, समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) लाई हलो त्यस्तैगरि साझा पार्टीले तराजु, मुस्कान सेना नेपाललाई   पुरुष, नेपाल परिवार दललाई साँचो, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)लाई  हँसिया र हाम्रो पार्टीलाई  धारा चुनाव चिह्न  प्रदान गरिएको  छ ।

त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनलाई कुखुराको भाले, नेपालवादलाई तारापुञ्ज, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाललाई हवाइजहाज, नेपाली काङ्ग्रेस (बिपी)लाई   करुवा, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाललाई ट्र्याक्टर, आमूल परिवर्तन मसिहा पार्टी नेपाललाई हृदय, राष्ट्रिय नागरिक पार्टीले चङ्गा निर्वाचन चिन्ह प्राप्त गरेका छन भने जनमत पार्टीलाई लाउडस्पिकर, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) हँसियामाथि धानको बाला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकारभित्रको हँसिया हथौडा प्रदान गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।