बिहिबार, बैशाख १३, २०८१

इन्द्रजात्रा अन्र्तगत थने रथयात्रा मनाइयो

काठमाडौ भाद्र २९ ,  इन्द्रजात्राको दोस्रो दिन आज शनिवार थने अर्थात माथिल्लो टोलमा रथयात्रा गरिएको छ । श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा शुक्रबार तल्लोटोलमा रथयात्रा गरिएको थियो । शनिवारको रथ यात्रा रथको मर्मत एवम् क्ष्मा पूजा लगायतका विधिवकारण साँझ अवेर तानिएको थियो ।

त्यस्तै पछिल्लो समय महिलाले मात्र रथ तान्ने परम्परा कायम हुँदै आएको नानीचया जात्रा भाद्र ३१ गते मङ्गलबार मनाइने भएको छ । यस दिनको रथ यात्रालाइ नानीचा भन्ने गरिएको छ ।

त्यस्तै यसै दिन यसै दिन बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण सहित राष्ट्राध्यक्षको हैसियतमा उहाँले कुमारीसँग खड्ग साट्ने परम्परा रहिआएको छ ।  त्यस्तै भाद्र शुक्ल द्वादशीका उठाईएको इन्द्रध्वज अर्थात लिङ्गो असोज १ गते बिहान ५ः३५ बजेको शुभ साइतमा ढालिएसंगै इन्द्रजात्रा पर्व विधिवत समाप्त हुने गर्दछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।