शुक्रबार, बैशाख ७, २०८१

आसन्न चाडपर्व लक्षित सुरक्षा योजना बनाउँन गृहमन्त्री थापाको निर्देशन

काठमाडौ असोज ६, गृहमन्त्री रामबहादुर थापाले आसन्न दशैँ, तिहार र छठलगायत चाडपर्वमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन मातहतका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । चाडपर्व लक्षित सुरक्षा योजनाबारे गृह मन्त्रालयमा आइतवार आयोजित छलफल कार्यक्रममा गृहमन्त्री थापाले जनताले शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन पाएको महसुस गर्ने गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनुभएको हो ।

त्यस अवसरमा गृहमन्त्री थापाले चाडपर्वको क्रममा हुन सक्ने चोरी चकारी लुटपाट संगै कालोबजारीजस्ता घटनाका सवालमा कडाइपूर्वक अनुगमन गर्नुस्, सुरक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्नु निर्देशन दिनु भएको बताईएको छ ।

छलफलमा मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख त्यस्तै काठमाडौ, ललितपुर र भक्तपुरका प्रजिअ लगायतका सुरक्षासँग सम्बन्धित उच्च अधिकारीको उपस्थिती रहेका प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031