शुक्रबार, बैशाख ७, २०८१

आसन्न उपनिर्वाचनमा कास्कीबाट चुनाब नलड्ने वामदेवको घोषणा

काठमाडौ असोज ५ , नेकपाका नेता वामदेव गौतम आसन्न उपनिर्वाचनमा कास्की २ बाट आफू चुनाव नलड्ने चर्चा यत्र तत्र सर्वत्र चलिरहदा नेता गौतमले शनिबार दिउँसो बसेको पार्टी सचिवालयको बैठकमा आफूले कास्कीबाट निर्वाचन नउठने प्रष्ट धारणा राखेका  छन ।

सचिवालय बैठक पछिनेता गौतमले शनिबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मार्फत आम जनसाधारणको जानकारीका लागि भन्दै यसअघि हेलिकोप्टर दुर्घटनामा  निधन भएका तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी निर्वाचित भएको क्षेत्रबाट निर्वाचन लड्ने चर्चाले बजार गर्मीदै गर्दा गर्मीएको बजारलाइ मथ्थर पार्दै आफू कास्की २ बाट निर्वाचन नउठने जनाउ दिनु भएको हो ।

साथै उहाँले आफूलाई उम्मेदवार बनाउन चाहने शुभचिन्तकहरुलाई धन्यवाद दिदै कास्की २ मा स्थानीय व्यक्तिलाइ निर्वाचमा उठाउँन आग्रह समेत गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।