बुधबार, बैशाख ५, २०८१

आगामी वर्षको इन्द्रजात्रामा नयाँ गणेश र भैरवको जात्रा हुने

काठमाडौ असोज ८,  वर्ष २०७६ को इन्द्रजात्रा समापन भएसंगै  आगामी वर्षको इन्द्रजात्रामा नयाँ गणेश र भैरवको जात्रा हुने भएको छ ।

बुधबार गुठी संस्थानमा भएको जीवित देवी कुमारी, देव गणेश र भैरव छनोट समितिको आजको बैठकले उमेर हद (१४ वर्ष पुगेका) कारण  जीवित देव गणेश र भैरव परिवर्तनका लागि शाक्य कुलपुत्रहरुबाट ३ देखि ५ वर्षका बालक छनौट प्रक्रिया शुरु गर्न शाक्य महाविहार संघलाइ जिम्मेवारी दिदै बैठकले फूलपातीका दिन वर्तमान जीवित देव गणेश र भैरव परिवर्तन गरी नयाँ प्रतिस्थापन गर्ने निर्णय गरेको हो ।

छनौटको क्रममा प्राप्त वालकोहरुको नामावली मध्ये छनौट समितिले ३२ लक्षणयुक्त बालकद्दयलाइ गणेश र भैरवको प्रारुपमा प्रतिस्थापन गरिने बताइएको छ ।

यसैवीच  बैठकले फूलपातीका दिन वर्तमान जीवित देव गणेश र भैरव परिवर्तन गरी नयाँ प्रतिस्थापन गर्ने निर्णय गरेको भएपनि प्रस्तुत निर्णय वर्ष ०७७ बाट मात्र कार्यान्वयनमा आउँने वहालवाला भैरवका  आफन्त विश्व शाक्यले जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031