बिहिबार, बैशाख १३, २०८१

असोज ५ देखि दशैँ लक्षित अग्रिम टिकट खुला गरिदै

काठमाडौं भाद्र २६ , यातायात व्यवस्था विभागमा आज यातायात व्यवसायी र ट्राफिक प्रहरीसमेत सहभागीतामा सम्पन्न बैठक पछि आसन्न दशैँका लागि लक्षित गरेर आगामी असोज ५ गतेबाट सार्वजनिक यातायातमा अग्रिम टिकट विक्री वितरण एवा् यात्रुको सहजताका लागि १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने भएको छ ।

दशैँ शुरु हुनुभन्दा झण्डै एक महीना पहिले नै अग्रिम टिकट खुलाउने गरेकामा यस वर्ष गत वर्षभन्दा ढिलो टिकट खुल्ने निर्णय भएको जानकारी दिदै महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।