शुक्रबार, बैशाख ७, २०८१

अव दुई लाख भन्दा बढिको आर्थिक कारोवार गर्न चेक काट्न नपर्ने

काठमाडौ भाद्र २९ , नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम आरटिजिएस सिष्टम अनुरुप रु दुई लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु नपर्ने भएको छ । प्राप्त जानकारी अनुसार आफ्नो खाता भएको बैंकमा गएर कसलाई भुक्तानी दिनुपर्ने हो, सामान्य र्फम भर्दै  सूचना दिएपछि बैंकका कर्मचारीले विना चेक भुक्तानी दिने बताईएको छ ।

बैकका अनुसार बैंक तथा वित्तीय संस्थाले एकापसमा गर्ने भुक्तानीमा समेत सोही प्रणाली लागू भएकाले चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो । यसबाट चेक बोक्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । त्यस्तै आरटिजिएस प्रणाली अनुरुप क्रमस रकमको परिणाम थपघट हुँदै जाने जनाएको छ ।

त्यसअघि सामान्य एउटा फर्म भरे मात्रै हुनेछ त्यसपछि जुन बैकलाइ सूचना दिईएको हो त्यस बैकले सूचकको खातावाल व्यक्तिको आवश्यक विवरण रुजुपछि बैंकले तत्काल नै अर्को व्यक्तिको खातामा पैसा पठाइदिनेछ । यसबाट समयको बचत हुने जनाउँदै प्रस्तुत प्रणालीको कार्यान्वयनसंगै चेक क्लियरिङमा कुनै समय लाग्दैन । सामान्यतया चेक क्लियरिङमा २४ घण्टा समय लाग्दै आएको छ । यस्तो व्यवस्था तत्कालका लागि भने रु दुई लाख माथिको कारोवारमा मात्रै लागू हुने केन्द्रीय बैकले जनाएको छ ।

यसको लागि केन्द्रीय बैंकले आरटिजिएस प्रणाली लागू गर्न २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग सम्झौता गरिसकेको जनाउँदै राष्ट्र बैंकले आरटिजिएस प्रणाली कार्यान्वयन गर्न निर्देशन दिइसकेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031