बिहिबार, चैत्र २७, २०७६
BigTop ताजा

काँग्रेसले भाद्र २४ बाट १५ दिने दोस्रो चरणको ‘हिपतम’ जागरण अभियान शुरु गर्ने

काठमाडौं भाद्र १९, जननेता वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर नेपाली काँग्रेसले हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण शुभारम्भ गर्ने भएको छ । जागरण अभियानका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि प्रथम चरणको कार्यक्रम ७७ वटै जिल्लामा सम्पन्न गरेको र आज दास्रो चरणको जागरण अभियान ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत हुँदै भाद्र २४ गते प्रारम्भ भई असोज ७ गते समापन हुने जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले यसको लागि ३३० केन्द्रीय प्रतिनिधि खटिने जानकारी दिदै प्रवक्ता शर्माले कार्यक्रमको शुभारम्भको क्रममा काँग्रेसले प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षारोपण गर्दै राष्ट्रिय जागरण अभियान मार्फत काँग्रेसले यसपटक पार्टी मातहतका संगठनमा देखिएको समस्याको समाभान सहित सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत १५ बुँदे उद्देश्य निर्धारण गरिएको जानकारी दिएका छन ।

त्यस्तै यसपटको जागरण अभियानमा पनि पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने भन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिदै प्रवक्ता शर्माले भन्नुभयो, “अभियानलाइ अन्तरक्रियात्मक बनाइनुको अलावा सामाजिक विसंगति विरूद्ध जागरण अन्र्तगत पार्टीका केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित प्रदेश सभा क्षेत्रभित्र कुनै पनि ढंगका सामाजिक विसंगतिका परम्परा, अन्धविश्वास र अप्रिय घटनाहरू भएका छन्, छैनन् त्यसबारे आवश्यक छलफल र अध्ययन समेत गर्नुपर्ने त्यस्तै प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा युवा केन्द्रीत विशेष संवादको कार्यक्रम हन्र्तगत ३३० प्रदेश सभा क्षेत्रमा औसत ३०० युवाका बीचमा वीपीको विचार र संस्कारलाई कार्यक्रमको १५ दिने अवधीमा १ लाख युवासँग संवाद  गरिने जानकारी दिनु भएको छ । त्यस्तै वडा स्तरीय अन्तरक्रिया, अग्रज, शहीद परिवार र द्वन्दकालका एवं विभिन्न आन्दोलनका घाइतेहरूको पिडा बुझ्ने ,पार्टी प्रवेशका कार्यक्रम र संविधान दिवसका कार्यक्रममा पनि सोहि अनुरुपका कार्यत्रम सञ्चालन गरिने जानकारी दिनु भएको छ ।

त्यस्तै असोज ७ गते बढ्दो महङ्गी, भ्रष्टाचार वाइडबडी, न्यारोबडी प्रकरण लगायत , बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक भनिएका विधेयक र कुशासनका विरुद्ध जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गरिने भएको छ ।

यस्तो छ काँग्रेसको राष्ट्रिय जागरण अभियानको १५ बुँदे उद्देश्यः

राष्ट्रव्यापी रुपमा पार्टी पक्तिमा सांगठनिक गति, एकता, समन्वय र हार्दिकता अभिवृद्धि गर्र्दै पार्टी सुदृढिकरणका विविध गतिविधि अघि बढाउदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न । यस क्रममा नेपाली कांग्रेससँग एकीकरण भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका विभिन्न तहका साथीहरू एवं अन्य दलबाट प्रवेश गर्नु भएका साथीहरूसँग व्यवहारिक र भावनात्मक समन्वय अभिवृद्धि गर्दै पार्टीलाई सबल बनाउँदै अघि बढ्ने ।
कम्युनिष्ट सरकार बनेको दुई वर्ष समेत नपुग्दै नेपाली समाजमा जे जस्तो असन्तुष्टि, निराशा र वितृष्णाको संकेत देखिएको छ त्यसलाई गम्भीरतापूर्वक लिंदै सामाजिक संवादको माध्यमबाट समस्त जनताको विचार भावना साक्षात्कार गर्न ।
नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनैतिक उपलव्धी एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा ब्यापक ढंगले सम्प्रेषण गर्न ।
वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसँगतिपूर्ण जनविरोधि कृयाकलाप बारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रष्ट्याउन । (वाइड वडी, न्यारो वडी लगायत नेपाल वायुसेवा निगममा भएका भ्रष्टचार एवं भ्रष्टाचारका अन्य प्रकरणहरू)
नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरु समेतलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्न आवश्यक छलफल र बहष विभिन्न स्तरमा अघि वढाउन ।
जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन ।
तराई–मधेश लगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै लोकतान्त्रिक संविधानप्रतिको जनविश्वासलाई दिगो बनाउँदै अघि बढ्ने ।
मुलुकको वर्तमान राजनैतिक, सामाजिक, प्रशासनिक एवं कुटनैतिक सम्बन्ध आदि बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन ।
तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्वन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाव बढाउन ।
१० नेपाली समाजमा केही समय यता भइरहेका “निर्मला पन्त” प्रकरण झै महिला हिंसाका अनेक घटना र प्रवृतिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न÷गराउन ।
११ नेपाली समाजमा कतिपय ठाउँमा रहेका बोक्सी प्रथा देखि छाउपडि सम्मका अनेकौं सामाजिक विसंगतिको अन्त्यका लागि सार्थक छलफल र पहदकदमी अघि बढाउन ।
१२ भुकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानलाई सघाउन तथा यस्तो संभावित विपदमा सर्तकता साथ काम गर्ने “स्वयंसेवी समुह” निर्माणको छलफल प्रारम्भ गर्ने ।
१३ स्वदेशसँगै विदेशमा रहेका पचास लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको सम्बद्र्धन र समृद्धिमा सहभागीताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रवन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दवाव बढाउन तथा वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितीहरु अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन ।
१४ कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न ।
१५ नेपाली कांग्रेसमा समाहित हुन चाहनेहरूलाई पार्टीमा स्वागत गर्दै नयाँ सदस्यताको व्यापक वितरण गर्दै पार्टीको विभिन्न तहका लागि आवश्यक प्रशिक्षणको पूर्व तयारी गर्ने ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
« Aug   Oct »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031