बुधबार, बैशाख १२, २०८१

बारा र पर्साका चक्रवात पिडितका लागि बुधवार घर हस्तान्तरण गरिने

काठमाडौ  भाद्र १४,  गत वर्षको चैत १७ गते साँझ आएका चक्रवातबाट प्रताडित बारा र पर्साका जनताका लागि निर्माण गरिएको घर आगामी बुधवार हस्तान्तरण गरिने भएको छ ।

कार्यवाहक प्रम एवं रक्षामन्त्री ईश्वर पोखलको उपस्थितीमा आयोजना हुने एक औपचारिक कार्यक्रमकावीच नेपाली सेनाले निर्माण गरेका ८सय ६९ वटा घर हस्तान्तरण गर्नुे कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

मूल्य अभिवृद्धिकरसहित प्रतिघर रु ५ लाख ४६ हजार ९८५ लागत रहेको उक्त आवास निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।