शनिबार, बैशाख ८, २०८१

प्रतिनिधिसभा बैठक: विज्ञापन विधेयक पारित

काठमाडौ भाद्र १२,  प्रतिनिधिसभाको आज बसेको बैठकले ‘विज्ञापन नियमन गर्ने बनेको विज्ञापन विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विधेयक बैठकमा प्रस्तुत गर्दै विधेयकको सवालमा सरकारको भजन गाउनेलाई मात्र विज्ञापन दिने भन्ने जस्ता अनावश्यक हल्ला फैलार्ईएको बताउँदै विधेयकको कुनै पनि दफामा त्यस्तो व्यवस्था नभएको बताउदै राज्यप्रति समर्पित हुनेलाई मात्र विज्ञापन दिने हो की भन्ने आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै प्रस्तुत विधेयक उपर बैठकमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री बाँस्कोटाले विधेयकले सबै किसिमका स१चारमाध्यमलाइ समानुपातिक रुपमा विज्ञापन उपलब्ध गराउने बताउँदै विज्ञापन विधेयकले समानुपातिक विज्ञापन प्रणाली र क्लिन फिडलाई समेत समेटेको बताउनुभएको छ । साथै उहाँले कानूनअनुसार दर्ता भएका सञ्चारमाध्यमले राज्यका तर्फबाट ‘इन्सेन्टिभ’ दिने व्यवस्था रहेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।