काठमाडौ साउन २०, प्रतिपक्षीले उठाएका मुद्दामा सर्वदलीय छलफल गर्न प्रतिनिधिसभाको बैठक स्थगित गरेको तीन दिन बित्यो । संसद् बैठक सोमबार सञ्चालन गर्ने सूचना टाँस गरे पनि सर्वदलीय बैठक कहिले बस्ने भन्ने टुंगो लगाएका छैनन् । सभामुख कृष्णबहादुर महराले सत्ता र प्रतिपक्षी दलबीच पनि अनौपचारिक छलफल गरेर बैठकमा बस्दा निकास निस्कने भन्दै बिहीबार बैठक स्थगित गरेका थिए ।
आजको बैठक चल्ने सम्भावना पनि कमजोर देखिन्छ । स्रोतका अनुसार सभामुख महराले टेलिफोन गरेर आन्तरिक तयारी गर्न सुझाए पनि दलका नेताले बैठक बस्ने तयारी गरेका छैनन् । बैठकका लागि सभामुख र सत्तापक्षबाट जानकारी नआएको प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने आन्तरिक छलफल भइरहेको प्रतिक्रिया दिए । ‘अनौपचारिक छलफल भइरहेको छ,’ उनले भने ।
प्रतिपक्षी सांसदले सर्लाही घटनाको संसदीय छानबिन समिति गठन गर्नुपर्नेलगायत मुद्दा अघि सारेर असार २४ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । पटकपटक संसद् अवरुद्ध भएपछि सभामुख महराको पहलमा बिहीबार संघीय संसद् भवन बानेश्वरमा सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकमा दलहरूबीच सहमति हुन नसकेपछि ३ दिनको समय राखेर संसद् स्थगित गरिएको थियो । सभामुखले सर्वदलीय छलफलका लागि समय दिए पनि दलहरूबीच वार्ता सुरु भएको छैन । सत्ता पक्षले बिहीबार दलहरूबीच वार्ता गर्न सर्वदलीय समिति बनाएर संसद् सञ्चालनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव राखेको थियो । उसले सर्लाही घटनालाई राज्यव्यवस्था समितिले हेरेको र स्थानीय तहमा पनि दलहरूबीच एक प्रकारको सहमति भएकाले संसदीय समिति बनाउन आवश्यक नभएको उसको भनाइ छ ।
प्रतिपक्ष कांग्रेस र राष्ट्रिय जनता पार्टी ९राजपा० ले भने सरकारले मानवअधिकार हनन गरेको भन्दै संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्याउँदै आएका छन् । असार ५ गते प्रहरी कारबाहीमा नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । प्रतिपक्षीले प्रहरीले पौडेललाई समातेर गोली हानेको भन्दै गैरन्यायिक हत्या भएको दाबी गर्दै आएको छ । त्यसैगरी असार १५ गते अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीको गोली लागेर ईश्वर नगरपालिका १३ का सरोजनारायाण सिंहको मृत्यु भएको थियो । कान्तिपुरबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- आज बैशाख १२: महाभूकम्पका कारण निमेषभरमै देश शोकमग्न भएको त्यो दिन
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान