बिहिबार, बैशाख १३, २०८१

१ लाख ५० हजार परीक्षार्थीले आजबाट एसइईको पूरक परीक्षा दिदै

भक्तपुर भाद्र १ , राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक परीक्षा आजबाट
देशभरका ३०४ परीक्षा केन्द्रबाट शुरु भएको जनाएको छ ।

गत असार १२ गते सार्वजनिक गरेको एसइईको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि गर्न पाउने व्यवस्था गरे अनुरुप आजबाट पूरक परीक्षा सञ्चालन भएको पनिकाले जनाएको छ ।

त्यस्तै पनिकाका अनुसार परीक्षामा करीब १ लाख ५० हजार परीक्षार्थी सहभागी भएको र आज परीक्षाको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।