शुक्रबार, बैशाख १४, २०८१

हेटौडा-काठमाडौ चल्ने सुमोमा जोरबिजोर प्रणाली

काठमाडौं साउन २२, हेटौडा काठमाडौ जोड्ने छोटो दुरीको फाखेल र सिस्नेरी सडकमा जोरबिजोर प्रणालीमा सुमो सञ्चालन हुने भएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको उपस्थितिमा आज बसेको बैठकले प्रदेश न ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको छलफल र यसवीचमा भएको सहमति अनुरुप जोरबिजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमाकुमारी लामा, वडा नं –२ वडाध्यक्ष राजुमान महर्जन,  चिरञ्जीवी पौडेल, मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराई सशस्त्रका प्रहरी उपरीक्षक विकास घिमिरे लगायतको उपस्थितीमा भएको उक्त बैठकले  बढ्दो दर्घटना लगायतका यावत समस्याका कारण जोरबिजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।