शुक्रबार, चैत्र १६, २०८०

स्वचालित दुई थान पेस्तोल सहित लामा पक्राउ

काठमाडौ साउन ३२,  प्रहरीले काठमाडौको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सुरक्षा जाँच चौकीबाट हतियार र गोलीसहित ललितपुरका २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई स्वचालित पेस्तोल दुई थान र गोली २० राउण्डसहित पक्राउ गरेको छ ।

धादिङबाट काठमाडौँ आउँदै गरेको बा२ख १९८० नंको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोलामा पेस्तोल र गोली सहित उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत बरामद भएकोे प्रहरीले जनाएको छ ।

लामालाइ आवश्यक कारवाही तथा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर चलान गरिऐा महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

यसैवीच समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल नेशनल हस्पिटल कलंकीमा आयोजित ‘हस्पिटल सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल’ कार्यक्रममा बोल्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अस्पताल क्षेत्रमा हुने सुरक्षासँग सम्बन्धित घटनाहरु न्यूनीकरण गर्न सरोकारवाला निकाय एव सबै संघसंस्था अग्रसर हुनुपर्नेमा जोड दिदै सामाजिक सञ्जालको प्रयोगबाट समाजमा भएका घट्नाको चर्चा गर्दै यस्ता घटनाको नियन्त्रणका लागि सरोकारवाला निकायबीच सहकार्य र समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रस्तुत कार्यक्रम महानगरीय प्रहरी वृत्त कालीमाटी, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वर तथा नेपाल नेशनल हस्पिटल कलंकीको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।