बिहिबार, बैशाख ६, २०८१

स्थापना दिवसको अवसरमा सरसफाइ

काठमाडौं भाद्र ४ , आफुले विद्या आर्जन गरेको विद्यालयका पूर्व विधार्थीहरुको साझासंस्था ज्ञानोदय पूर्व विधार्थी समाज नेपाल (ज्ञान) ले आज आफ्नो छैठौं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको उपलक्ष्यमा कामपा वडा न.१३ बाफल गणेश मन्दिर देखि मकालु हाइट सम्म सरसफाइ कार्यक्रमको आयोजना गर्दै विद्या आर्जन संगै सामाजिक उत्तरदायित्वको भाव अभिवृद्धि अन्र्तगत आफ्नो घर आँगन मात्र नभइ टोलछिमेकमा पनि सरसफाइ आवश्यक रहन्छ भन्ने चेतना प्रवाह गर्न यस किसिमको कार्यक्रमको आयोजना गरिएको समाजका उपाध्यक्ष निरु महर्जनले बताइन ।

कार्यक्रममा ज्ञानोदयका वहालवाला बिधार्थीसंगै पूर्वविधार्थी,शिक्षक,शिक्षिका समाजका पदाधिकारी एवम स्थानीय संघसंस्थाका भद्रभलादमीको सहभागीता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।