शुक्रबार, बैशाख ७, २०८१

सूर्योदय र नेमसोल बिश्वबिद्यालयवीच शिक्षा र प्राबिधिक सीप बिकास सहमतिमा हस्ताक्षर

काठमाडौं साउन २३, दक्षिण कोरियाको नेमसोल बिश्वबिद्यालय र काठमाडौंको सूर्योदय एजुकेसन फाउन्डेसनका बीच औपचारिक शिक्षा र प्राबिधिक सीप बिकास आदान प्रदान गर्ने बिषयमा सम्झौता भएको छ । बुधबार काठमाडौंमा आयोजना गरिएको सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा बिद्यालयकातर्फबाट अन्तरराष्ट्रिय तथा आन्तरिक सहयोग मामिला डिन डा. युन ताय हुन र फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर के. सी. ले हस्ताक्षर गर्नुभयो । दुई संस्थाकाबीच आपसी सम्बन्ध स्थापना भएपछि पढ्न चाहने तर अवसर नपाएका बिद्यार्थीलाई यसबाट लाभ पुग्ने दुवै पक्षको अपेक्षा छ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै डिन हुनले — कोरियाको शिक्षा अब्बल रहेको दाबी गर्दै, यसका लागि आफू नेपाली शिक्षाको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनुभयो । हामी नेपालबाहेक चीन, भियतनामलगायतका देशमा उच्च शिक्षाका कक्षा चलाइरहेका छनैं । डिन हुनले थप्दै भन्नुभयो — औपचारिक र सीपमुलक दुवै शिक्षामा सहयोग गर्ने हाम्रो इच्छा हो । त्यसै क्रममा फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर के. सी. ले — नेमसोलसँगको सम्बन्धबाट नेपाली जेहेन्दार बिद्यार्थीमा लाभ पु¥याउने बताउनुभयो । अब एक्लै केही पनि सम्भव छैन । साझेदारिता जरुरी हो । अध्यक्ष के. सी. को भनाइ थियो ।
पत्रकार मञ्चको निम्तोमा नेपालको शैक्षिक अवस्था अध्ययन र साझेदारिता सहमति पत्रमा हस्ताक्षर गर्न आएको टोलीले काठमाडौं बिश्वबिद्यालयसँग आपसी सम्बन्ध बिस्तारका लागि प्रस्ताव गरेको छ भने ललितपुरस्थित माइलस्टोल स्कूलसँग सम्झौता गरेको छ । आफ्ना गतिबिधिका बिषयमा जानकारी गराउँदै मञ्चका अध्यक्ष युवराज बिद्रोहीले मञ्चको शिफारिसमा बिश्वबिद्यालयले छात्रबृत्ति दिएर नेपाली बिद्यार्थीलाई पढ्ने अवसर प्रदान गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्ने क्रममा मञ्चका महासचिव बिमलकुमार थापाले   आपसी हित र आवश्यकतालाई पूरा गर्ने गरी सम्झौता भएको बताउनुभयो भने अन्तरराष्ट्रिय सम्बन्ध बिभागका प्रमुख चन्द्रमणि भट्टराईले  अब नेमसोल बिश्बबिद्यालयसँग आम सञ्चार र पत्रकारिताका बिषयमा औपचारिक शिक्षा, तालिम र कार्यशाला हुने चरणमा रहेको बताउनुभयो । नेपाली पत्रकारिता जगतमा वृत्ति बिकास र क्षमता बिकासका अवसर कम छन् । अब हामी यसलाई बृद्धि गरेर, पत्रकारलाई पुनर्ताजगी हुने वातावरण तयार पार्छौ । यसमा कहिले पत्रकारको टोली कोरिया पठाउँछौं, कहिले उताका बिज्ञलाई यतै बोलाएर आपसी सिकाइ आदानप्रदान गर्छौ ।
आजै डिन हुनको टोलीले नेपाल पत्रकार मञ्चले आयोजना गरेको छलफलमा सहभागिता जनाउनु भयो । त्यस क्रममा बोल्दै डिन हुनले थप्दै भन्नुभयो — नेपाल आएर अवस्था बुझेपछि शैक्षिक गतिबिधि थप गर्न मलाई हौसला मिलेको छ । म पत्रकारका अध्ययन गर्ने अवसर या तालिम लिने अवसर उपलब्ध गराउन यहाँबाट फर्कने बित्तिकै छलफल चलाउँछु ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु