शुक्रबार, चैत्र १६, २०८०

सुरक्षा चुनौती न्यूनिकरणका लागि म्हैपी आसपासका क्षेत्रमा सिसी क्यामरा

काठमाडौ साउन २६, काठमाडौ महानगरपालिका–१६ म्हैपी मन्दिर वरपरको क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीको न्यूनिकरणका लागि विभिन्न स्थानमा ३३ थान सिसी क्यामरा जडान गरिएको छ ।

प्रदेश–३ सरकारको रु ५० लाख आर्थिक सहयोगमा म्हैपी मन्दिर परिसरभित्र शौचालय तथा म्हैपी क्षेत्र वरपरका ३३ मुख्य मुख्य चोकमा सिसी क्यामरा जडान गरिएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।
काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिसी क्यामरा जडान कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै क्यामरा जडानले सुरक्षाको प्रत्याभूतिमा योगदान गर्ने विचार व्यक्त गर्दै यसअघिपनि सुरक्षित महानगरपालिका बनाउन काठमाडौँँँ महानगरपालिकाले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नेपाल प्रहरीलाई रु पाँच करोड रु ८१ लाख आर्थिक सहयोग गरेको जानकारी दिनु भएको छ ।

कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं ७ प्रदेश (क) का सांसद वसन्त मानन्धरले म्हैपी क्षेत्रको संरक्षणमा चुनौती बढ्दै गएकाले प्रदेशसभाले म्हैपी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउँदै प्रदेश सरकारले यहााके सम्पदा संरक्षणका लागि समेत विभिन्न कार्यक्रमको योजना तर्जुमा गरेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।