बिहिबार, बैशाख १३, २०८१

सामाजिक सञ्जालको बढ्दो प्रयोगले हिंसाका घटनालाइ प्रशय दिएको प्रहरीको निष्कर्ष

काठमाडौ साउन १६ , नेपाल प्रहरीका अधिकारीहरुले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मुलुकमा अपराध र हिंसाका घटनाको सङ्ख्या वृद्धि हुँदै गएको जनाएको छ ।

मुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज काठमाडौमा आयोजित अन्तक्र्रिया कार्यक्रममा  घरपरिवारले बालबालिकाको गतिविधिमा निगरानी गरी सामाजिक सञ्जाललाई सही कामका लागि प्रयोग गर्न सिकाउनसके हिंसाका घटना न्यूनिकरण गर्न सहयोग पुग्ने बताउँदै
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले लैैङ्गिक हिंसा हुनुका प्रमुख कारक समाजमासामाजिक सञ्जाल रहेको दाबी गर्नुभएको छ ।

नेपाल प्रहरीले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न गत वर्षको कार्तिक देखि समुदाय–प्रहरी साझेदारी अभियान शुरु गरेको कार्यक्रमको महत्व माथि प्रकश पार्दै  उहाँले समाजमा कुनै पनि शङ्कास्पद गतिविधि भएमा तत्काल १०० नम्बरमा कल गर्ने बानी बसाल्नसमेत आग्रह समेत गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।